पल शाहविरुद्धको मुद्दामा पीडित पक्षका कानुन व्यवसायीको थुनछेक बहस सकियाे

File Photo
File Photo

नाबालिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहविरुद्धको मुद्दामा पीडित पक्षका कानुन व्यवसायीको थुनछेक बहस सकिएको छ।

मुख्य जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासमा पीडित पक्षका ९ जना वकीलको बहस सकिएको हो।

अब भने आरोपित पक्षका वकीलहरुको बहस शुरु भएको जिल्ला अदालत तनहुँका वैतनिक वकील शिवराज काफ्लेले जानकारी दिएका छन्।

उनका अनुसार शाहको पक्षबाट १० जना कानुन व्यवसायीले बहस गर्दै छन्। अझै दुई तीन जना शाहको पक्षका वकीलहरु बढ्ने अनुमान गरिएकाले आजै थुनछेक बहस नसकिने उनले बताएका छन्।

शाहविरुद्ध हिजो जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको थियो। अभियोग दायर भएकै दिन शाहको अदालती बयान सकिएको थियो।

प्रकाशित मिति: : 2022-03-23 18:37:00

प्रतिकृया दिनुहोस्