उद्योग वाणिज्य संघ जुम्लाको अध्यक्षमा पुरिचन्द्र देवकाेटा विजयी भएका छन्। अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका उनी प्यानलसहित विजयी भएका हुन्।
देवकाेटाले कूल खसेकाे चार सय ६५ मतमध्ये दुई सय ६६ मतले विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी भैरब कठायतले एक सय ६९ मत पाएका छन्।
त्यस्तै उपाध्यक्षमा क्रमश गणेश राेकाया, डम्बरकुमारी खड्का तीन सय चार र दुई सय ६३ मतले विजयी भए भने महासचिवमा टेकेन्द्र नगरकाेटी र काेषाध्यक्षमा देवेन्द्रराज उपाध्याय विजयी भएका हुन्।
काे हुन देवकोटा ?
जुम्ला जिल्लाको तत्कालिन कार्तिकस्वमी ७ हाल चन्दननाथ नगरपालिका–१० पण्डितवाडाका पुरीचन्द्र देवकोटाले तत्कालीन चन्दननाथ गाविस वडा–६ विजयनगरमा स्टेशनरी व्यवसायबाट आफ्नो व्यवसायीक यात्रा सुरु गरेका थिए।
जुम्लामा पहिलोपटक २०५२ सालमा फोटोकपि मेसिन भित्र्याएर व्यवसायीक यात्रामा अघि बढेका देवकोटाले छापाखान तथा विभिन्न उद्योगहरुको स्थापना गरि रोजगारी श्रृजना समेत गरेका छन्।
उद्योग वाणिज्य संघ जुम्लाको स्थापना कालदेखिनै व्यवसायीको हकहितमा लाग्दै आएका उनले भारतका विभिन्न शहर तथा व्यापारिक क्षेत्र थाइल्यान्ड, हङकङ, ताइवान र जापान जस्ता विकसित मुलकहरुमा भ्रमण गरी व्यापारिक अनुभव बटुलेका छन्।
कर्णाली दर्पण, रारा भ्रमण पद प्रदर्शन र साहित्यिक यात्रा नामक पुस्तकहरु प्रकाशन गरी साहित्य र लेखन क्षेत्रमा समेत याेगदान दिएका उनले नेपालको कलाश्री साहित्य पुरुस्कार लगायत विभिन्न पुरस्कारहरु हासिल गरेका छन्।
२०४८ सालमा स्याउको व्यापारबाट व्यपारिक यात्रा सुरु गरी जुम्लामा प्रिन्टिङ प्रेस, काष्ठ उद्योग, स्टेस्नरी, सिरक डर्सना उद्योग, स्टिल उद्योग, नेपाली हातेकागज उद्योग लगायतका उद्योगहरु सञ्चालन गरेका छन्।
उद्योग वाणिज्य संघमा सदस्य हुँदै उद्योग तर्फको उपाध्यक्ष र संघको दुई कार्यकाल बरिष्ठ उपाध्यक्ष समेत भैसकेका देवकोटा यसपटक १६औं चुनावी साधारण सभाबाट अध्यक्षमा विजयी भएका छन्।