सेयर बजार दोहोरो अंकले वृद्धि

नेपाली सेयर बजार नेप्से मंगलबार दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक मंगलबार १६ दशलमव ०४ अंकले वृद्धि हुँदा २६ सय ५० दशलमव ७० अङ्कमा पुगेको छ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०३ अंकले बढेर ४ सय ९९ दशमलव ३३ पुगेको छ।  नेप्सेमा  ५३ लाख २९ हजारमा नौ सय ९३ कित्ता सेयर किनबेच हुँदा कारोबार हुँदा दुई अर्ब ५१ करोड ८८ लाख ९४ हजार एक सय ७८ रुपयाँको सेयर कारोबार भएको छ।

इमर्जिङ् नेपाल लिमिटेड को सेयर १० प्रतिशतले ५७ रुपैयाँ १० पैसा  बढेर बजारमा मूल्यमा सर्किट लागेको थियो। इमर्जिङ् नेपाल लिमिटेडको सर्किट मूल्य सँगै सेयर मूल्य ६ सय २८ रुपैयाँ पुगेको छ। मंगलबारको बजारमा एक सय ६ कम्पनीले नाफा कमाएका छन्, भने ७७ कम्पनीका सेयर धनीले गुमाएका छन्। 

सबैभन्दा धेरै प्रभु इन्स्योरेन्स कम्पनी को प्रमोटर सेयर १५ करोड ३३ लाख ४० हजार रुपैयाँ सेयर खरिद बिक्री भएको छ भने नेपाल टेलिकम १० करोड र शिवम् सिमेन्टको आठ करोड बराबरको सेयर खरिद बिक्री भएको।

प्रकाशित मिति: : 2022-03-22 16:51:00

प्रतिकृया दिनुहोस्