रुसले हवाई उपस्थिति बृद्धि गर्‍योः युक्रेनी सेना

किभ–रुसीे रुसी सेनाले पछिल्लो २४ घण्टामा युक्रेनको हवाई क्षेत्रमा आफ्नो हवाई उपस्थिति बढाएको युक्रेनको सेनाले जनाएको छ। ‘धेरै मानवरहित हवाई सवारी साधनहरूको प्रयोगको अतिरिक्त  शत्रुले बमवर्षक, आक्रमण र लडाकु विमान, क्रुज  मिसाइलहरू र ब्यालिस्टिक मिसाइलहरू विभिन्न दिशाहरूमा प्रयोग गर्छन’, युक्रेनको वायुसेना कमाण्डले एक विज्ञप्तिमा भन्यो। 

युक्रेनले सोमबार एउटा रुसी विमान, दुई ओटा हेलिकोप्टर र ६ ओटा ड्रोन ध्वस्त पारेको दाबी गरेको। युक्रेनको दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

यसैबीच, एउटा भिडियो सन्देशमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सशस्त्र फौजले रुसी फौजको सशक्त प्रतिकार गरेको र उनीहरुलाई अगाडि बढ्नबाट रोकेको छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा युक्रेनी फौजले रुसी विमान खसालिदिएको उनले बताएका छन्।

प्रकाशित मिति: : 2022-03-22 13:01:00

प्रतिकृया दिनुहोस्