सुनको मूल्य एक लाख तीन सय रुपैयाँ

File photo
File photo

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ ताेकिएकाे छ।  

चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ। सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-22 11:05:00

प्रतिकृया दिनुहोस्