नेतालाई नयाँ मोटर र मतदातालाई मासुभातकै चिन्ता!

अब एजेण्डाले जित्दैन चुनाव, पैसा नहुनेले टिकटै पाउँदैन

थाहा खबर

काठमाडौँ

निर्वाचन कसरी जितिन्छ रु पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो।

आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही प्रश्न गरिरहेका छन्।

तर बहस सिद्धान्त वा एजेण्डामुखी छैन बरु पैसामुखी छ। आम मतदातामा सुरु भएको यो बहसलाई देशका आमसञ्चारले पनि सतहमा ल्याइदिएका छन्।

तिनै सञ्चारका सामग्रीमाथि तर्कवितर्क गरिरहेका छन्, आममतदाता। अनि सबैको एउटै मत छ, बहस निर्वाचनमा पैसाको नभई उम्मेदवार, उसका विगतका काम तथा त्यो उम्मेदवार संलग्न राजनीतिक पार्टीका सिद्धान्त र एजेन्डामा हुनुपर्छ।

यो त बहसको विषय र मिडियाको सामग्रीको कुरा न भयो त। तर आर्थिक स्रोत नहुनेले निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था भने छैन। त्यसैले यतिखेर लाग्दैछ, सम्भावित उम्मेदवारहरू निर्वाचनमा रकम खर्च सक्ने आफ्नो हैसियत आफैँ मनन गरेर टिकटका लागि लाग्दैछन् भने सम्बद्ध पार्टी पनि उम्मेदवारको हैसियत तौलिने अवस्थामा नपुग्ला भन्न सकिँदैन।

प्रकाशित मिति: : 2022-03-21 15:54:00

प्रतिकृया दिनुहोस्