आठ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो, निर्यात ८२.९० प्रतिशतले बढ्यो

File Photo
File Photo

चालु आर्थिक वर्ष २०७८-७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ। 

भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्ष २०७७-७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले विभिन्न देशबाट १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख ५६ हजार रुपैयाँको वस्तु आयात गरेको छसोही अवधिमा नेपालले विभिन्न देशमा १ खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँको वस्तु निर्यात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ। 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म नेपालको आयात ३८.६४ प्रतिशतले बढेको छ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब ४३ अर्ब ९८ करोड ८२ लाख ५० हजार रुपैयाँको वस्तु आयात गरेको थियो। 

यस वर्षको सुरुका आठ महिनामा नेपालको निर्यात व्यापार ८२.९० प्रतिशतले वृद्धि भएको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७७-७८ को सोही अवधिमा नेपालले विभिन्न देशमा ८० अर्ब ७७ करोड ८८ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

प्रकाशित मिति: : 2022-03-21 14:57:00

प्रतिकृया दिनुहोस्