कार दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

File Photo
File Photo

तेलुगुकी लोकप्रिय अभिनेत्री गायत्री अर्थात् डोली डिक्रुजको कार दुर्घटनामा निधन भएको छ।उनी वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन्।

गायत्री आफ्ना साथीहरूका साथ कारमा घर आइरहेकी थिइन्।उनको कार हैदराबादको गच्चीबोली क्षेत्रमा दुर्घटना भएको थियो।गायत्रीको घटनास्थलमै मृत्यु भएको थियो।

समाचारअनुसार कार गायत्रीकी साथीले चलाएकी थिइन्। तर, कार डिभाइडरमा ठोक्किएपछि नियन्त्रण बाहिर गयो। दुर्घटनामा गायत्रीसँगै उनको साथीको पनि निधन भएको छ।स्थानीयले गायत्रीसहित उनका साथीलाई अस्पताल पु¥याए पनि उनीहरूलाई मृत घोषणा गरिएको थियो। दुर्घटनामा अर्को एक महिलाको पनि निधन भएको बताइएको छ।

अभिनयमा आउनुअघि गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्टसँगै आफ्नो युट्युब च्यानल जलसा रायुडूका माध्यमबाट चर्चित बनेकी थिइन्। उनको सामाजिक सञ्जालमा फ्यान फलोइङ अत्यधिक छ।

प्रकाशित मिति: : 2022-03-21 14:49:00

प्रतिकृया दिनुहोस्