चीनमा १३३ यात्रु बाेकेकाे जेट विमान दुर्घटनाग्रस्त

Photo - rochakinfo
Photo - rochakinfo

चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ। १३३ यात्रु सवार चाइना इस्टर्नकाे बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो।

‘१३३ यात्रु सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ विमान ग्वाङसीकाे टेङ काउन्टीमा दुर्घटनाग्रस्त भएको छ र पहाडमा आगलागी भएको छ,’ चाइना सेन्ट्रेल टेलिभिजनले भनेकाे छ।

सो विमान स्थानीय समयअनुसार १ बजेर १५ मिनेटमा चीनको कुन्मिङबाट ग्वाङझोउका लागि उडेको थियो।

सो विमान एउटा पहाडी क्षेत्रमा ठोक्किएपछि आगो लागेको प्राप्त प्रारम्भिक  विवरणहरुमा जनाइएको छ। घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ। दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: : 2022-03-21 14:41:00

प्रतिकृया दिनुहोस्