‘सालार’ को सुटिङमा प्रभास घाइते

File Photo
File Photo

दक्षिण भारतीय अभिनेता प्रभास फिल्म ‘सालार’ को सुटिङ सेटमा घाइते भएका छन्।घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। 

सामान्य सर्जरी गरेपछि उनी खतरामुक्त भएको र केही दिन डाक्टरले प्रभासलाई आराम गर्न भनेका छन्।प्रभास घाइते भएको खबर सार्वजनिक हुनासाथ उनका फ्यानहरू चिन्तित भएका थिए।

हालै मात्र प्रभास फिल्म ‘राधेश्याम’ मा देखिएका थिए।यो फिल्मले बक्स अफिसमा खासै कमाल देखाउन सकेन।फिल्मको हिन्दी भर्सनले हालसम्म १९ दशमलब २५ करोडको व्यापार गरेको छ।

प्रभासको ‘सालार’ आगामी १४ अप्रिलमा रिलिज हुँदैछ।तेलुगु र कन्नड भाषाको यो फिल्ममा उनको अपोजिटमा श्रुति हसन छिन्।फिल्मको बजेट एक सय ५० करोड छ।

प्रकाशित मिति: : 2022-03-20 12:53:00

प्रतिकृया दिनुहोस्