व्लाईन्ड रकर्स सिजन–३ का विजेताले पहिरिए ताज

व्लाईन्ड रकर्स सिजन–३ का विजेताहरुलाई ताज पहिराउने कार्यक्रम सम्पन्न भएको छ। 

व्लाईन्ड रक्स संस्थाले औपचारिक कार्यक्रम गर्दे उजीहरुलाई ताज पहिराउने काम सम्पन्न  गरेको हो। 

नायिका करिस्मा मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा देशैभरी छरिएर रहेका दृष्टिविहिनहरुको सहभागिता रहेको थियो। 

व्लाईन्ड रक्सले दष्टिविहिनहरुको क्षमतालाई संस्थागत गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उक्त कार्यक्रममा भाग लिन पाउँदा आफ्नो लागि सौभाग्य रहेको उनले बताइन्। 

कार्यक्रममा मानन्धरले आँखामा पट्टिबाँधेर व्लाईन्ड रक्सका अध्यक्ष सृष्टि केसीसँग क्याटवाक गरेकी थिइन्। 

अभिनेत्रीले कार्यक्रममा फिल्म ‘साथी’ को गीत ‘मलाई पनि अग्रेंजीमा बोल्न सिकाइ देऊन’ गाएकी थिइन्। जसले उपस्थिती दर्शकलाई हौसला मिलेको थियो। 

कार्यक्रममा सातै प्रदेशबाट  छानिएर अन्तिम चरणमा पुगेका २१ जना प्रतिस्पर्धीले क्याटवार्क गरेका थिए।

त्यस्तै संस्थाकी अध्यक्ष सृष्टिले दृष्टिविहिन तथा अपांगता भएका व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्नको लागि आफुहरुले यस्ता कार्यक्रमको आयोजना गरेको बताउँदै संस्थालाई विभिन्न कोणबाट सघाउन सबैलाई धन्यवाद दिएकी थिइन्। 

कोरोना महामारीले अस्तव्यस्त बनाएको जिवनशैली र त्यसले सर्वसाधारणमा ल्याएको नैराश्यतालाई चिर्दै व्लाईन्ड रक्स संस्थाले भर्चुअल माध्यमबाट कार्यक्रम सम्पन्न गरेको थियो।

मिस्टर एण्ड मिस व्लाईन्ड रकर्स सिजन–३ को उपाधि सिन्धुपाल्चोकका किरण दाहाल  र ईलामकी समी लावतीले हात पारिन्। 

‘भाग्य या कर्म के मा विश्वास गर्नुहुन्छ’ भन्ने प्रश्नको जवाफ दिदैँ दाहालले १५ हजार नगद सहित मिस्टर व्लाईन्ड रकर्स बनेका थिए भने बमवहादुर विक १० हजार नगद सहित फस्ट रनर अप भएका थिए र ५ हजार नगद सहित कुशल न्यौपाने सेकेन्ड रनरअप बन्न सफल भएका थिए।

यसैगरी लावतीले १५ हजार नगद सहित ताज हात पारेकी थिइन् भने १० हजार नगद सहित श्रुति रानामगर फस्ट रनर अप र ५ हजार नगद सहित रोजिना पोख्रेल सेकेन्ड रनरअप बनेकी थिइन्। 

दृष्टिविहिनको अधिकारका लागि क्रियाशील व्यक्ति डाक्टर विरेन्द्रराज पोख्रेल, संचारकर्मी माल्भिका सुव्वा र मोडल तथा कोरीयोग्राफर प्रशान्त ताम्राकारले भूमिका निर्वाह गरेका थिए।

दृष्टिविहिन तथा अपांगता भएका व्यक्तिहरुको अधिकारको लागि स्थापित व्लाईन्ड रक्सले दृष्टिविहिनलाई समाजमा आर्थिक समाजिक रुपमा स्थापित गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म पुर्याउने काम गर्दै आइरहेको छ। 

 
 
 

प्रकाशित मिति: : 2022-03-20 12:56:00

प्रतिकृया दिनुहोस्