रुसी हमलाको अन्तरिक्षमा छैन असर, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा उदाहरणीय सहकार्य

photo: agency via fox news
photo: agency via fox news

युक्रेन संकटलाई लिएर सुरुदेखि नै अमेरिका विवादमा तानिएको छ। युक्रेनमा २४ फेब्रुवरीमा रुसले हमला गरेदेखि नै अमेरिका र ऊ नेतृत्वको पश्चिमा गठबन्धनले रुसको चर्को विरोध गर्दै आएको छ। रुसविरुद्ध लड्न अमेरिकाले युक्रेनलाई सैन्य हतियारलगायका सहयोग प्रदान गर्दै आएको छ।

त्यस्तै, युक्रेन हमला रोक्न बारम्बार चेतावनी दिँदै सोही बहानमा रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले त रुसी समकक्षीलाई ‘युद्धअपराधी’ भनेर व्यक्तिगत रुपमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन्।

निश्चय नै युक्रेन हमलालाई लिएर पृथ्वीमा अमेरिका र रुसबीच  तनाव छ। तर, अन्तरिक्षमा भने यी देशबीचको दोस्ती उत्तिकै छ जति पहिला थियो। अर्थात् युक्रेन तनाबले अमेरिका र रुसी अन्तरिक्षयात्रीलाई खासै असर गरेको छैन्। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा उनीहरु निकट भएर काम गरिरहेका छन्।

रुस र अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको नजिकको सीमामा सँगै काम गरिरहेका छन्। तीन रुसी अन्तरिक्ष यात्रीहरू – कमाण्डर ओलेग आर्र्तेमेभ, डेनिस मातभिभ र सर्गेई कोर्साकोभ साढे छ महिनाको मिसनमा शुक्रबार सुरक्षित रूपमा उत्रिएको छ।

आइएसएसमा अमेरिका, रुस र अन्य देशहरुबीच २३ वर्षदेखि सहकार्य हुँदै आएको छ। तीनै जना रुसी अन्तरिक्षलाई कारिन्दाको एउटा समूहले भव्य स्वागत गरेको थियो। समूहमा चार जना अमेरिकी, दुई रुसी र एक जर्मनीका छन्।

प्रकाशित मिति: : 2022-03-20 08:03:00

प्रतिकृया दिनुहोस्