कागज किन्न नसकेर श्रीलंकाले विद्यालयका परीक्षा रद्द गर्‍याे

File: Dinuka Liyanawatte/Reuters
File: Dinuka Liyanawatte/Reuters

आर्थिक अभावकाे चपेटामा परेकाे श्रीलंकाले कागजकाे अभाव भएपछि विद्यालका परीक्षा रद्द गरेकाे छ। उसले पश्चिमी प्रान्तका लाखाैँ विद्यार्थीहरूकाे परीक्षा स्थगित गरेकाे अलजाजिराले जनाएकाे छ।

काेलम्बाेसँग कागज आयत गर्दै आएकाे श्रीलंकाले वित्तिय खर्च गर्न डलरकाे कमी भएका कारण परीक्षा स्थगित गर्नु परेकाे बताएकाे छ। साेमबारकाे लागि तय गरिएका टर्म परीक्षाहरू कागजकाे चरम अभावका कारण अनिश्चित कालकाे लागि स्थगित गरिएकाे अधिकारीहरूले बताएका छन्।

‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा लिन सक्दैनन्,’ पश्चिमी प्रान्तको शिक्षा विभागले भन्यो।

अब कक्षा ९, १० र ११ काे विद्यार्थीहरूलाई वर्षको अन्त्यमा अर्को कक्षामा बढुवा गर्ने कि भन्ने बारे साेचिरहेकाे विभागले जनाएकाे छ।

अत्यावश्यक आयातका लागि विदेशी मुद्रा सञ्चितिको अभावले ल्याएको कमजोर आर्थिक सङ्कटले मुलुकमा खाद्यान्न, इन्धन र औषधिको अभाव भएको छ। हाल श्रीलंकाले इतिहासकै सबैभन्दा खराब आर्थिक संकटकाे सामना गरिरहेकाे छ।

प्रकाशित मिति: : 2022-03-20 05:48:00

प्रतिकृया दिनुहोस्