युक्रेनका राष्ट्रपति जेलेन्स्कीले मागे क्यानडासँग थप सैन्य र आर्थिक सहयोग

Photo: AP/PTI
Photo: AP/PTI

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्यानडासँग थप सैन्य र आर्थिक सहयोगको माग गरेका छन्।

राष्ट्रपति जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोलाई पठाएको भिडियो सन्देशमा आफ्नो देशको ठाउँ–ठाउँमा बम बिस्फोट भएर जान धनको क्षति हुँदा कस्तो अनुभव हुन्छ, त्यो कल्पना गर्न आग्रह गरेका छन्।

क्यानडाको संसदमा जेलेन्स्कीको यो सन्देश सुरू हुनुभन्दा पहिले उपस्थित सम्पूर्ण सांंसदहरुले आफ्नो स्थानबाट उठेर उच्च सम्मान प्रकट गरेका थिए।

युक्रेनमा आक्रमण गरेको कारण क्यानडाले रूसमाथि अनेकौं प्रतिबन्ध लगाएको छ। र, रुसका ५ सय उच्च सैनिक अधिकारीहरुलाई आफ्नो देश प्रवेश र्न नदिने भएको छ। आजसम्म प्राप्त सैन्य र आर्थिक सहयोगको लागि धन्यबाद दिँदै युक्रेनका राष्ट्रपतिले यथासिघ्र थप सहयोगको अनुरोध गरेका हुन्।

उनको यो सन्देशको उत्तर दिँदै क्यानडाका प्रधानमन्त्री टुडोले क्यानडाले युक्रेनलाई सबै प्रकारको सहयोग गर्ने आश्वासन दिएको छ र रुससँग यस्तो अमानवीय युद्ध रोक्न पनि माग गरेको छ।

प्रकाशित मिति: : 2022-03-16 07:26:00

प्रतिकृया दिनुहोस्