क्रिप्टोकरेन्सीकाे कारोबार हुने एप बन्द गर्न दूरसञ्चार प्राधिकरणको निर्देशन

File Photo
File Photo

नेपाल दूरसञ्चार प्राधिकरणले गैरकानुनी रूपमा डलर सटही ‘क्रिप्टोकरेन्सी’ कारोबार गर्ने सबै मोबाइल एप बन्द गर्न निर्देशन दिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो।

आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो।

नेपालमा अवैधानिक मानिने यसकाे काराेबार बढ्दै गएकाे भन्दै सरकारले कडा कदम चाल्दै आएकाे थियाे। अन्य देशमा भने याे वैधानिक मानिन्छ। नेपालले भने यसकाे काराेबारबाट नेपाली रकम बाहिर जाने तथा अपराधिक काराेबार बढ्दै भन्दै काराेबारमा निषेध गरेका हाे।

प्रकाशित मिति: : 2022-03-15 14:55:00

प्रतिकृया दिनुहोस्