सुनको मूल्य ताेलामा दुई हजार तीन सय रुपैयाँले घट्याे

File photo
File photo

सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ।  सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ। चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-15 11:27:00

प्रतिकृया दिनुहोस्