ताेलामा पाँच सय रुपैयाँले घट्याे सुनको मूल्य

सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा काराेबार भइरहेकाे छ।

यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ ताेकिएकाे छ।

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ। आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-03-14 11:06:00

प्रतिकृया दिनुहोस्