
बिएल संवाददाता
एक १७ वर्षीया नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपपछि पल शाह चर्चा र बहस उत्कर्षमा पुगेकाे छ। पलबारे पक्ष-विपक्षमा बहस भइरहेका छन्।
बाहिरी जमातको कुरा सुन्ने हो भने पल निर्दोष छन्। किनकि माहौल उनी तिर नै छ। ‘पललाई फसाइयो, मन मिल्दा चमत्कार मन नमिल्दा बलात्कार’ भनेर आक्रोश पोख्नेहरु बग्रेल्ती भेटिन्छन्।
यद्यपि, कानुनले नाबालिगसँगकाे शारीरिक सम्बन्धलाई बलात्कार ठान्दछ र सजाय पनि भोग्नुपर्छ। पल शाहविरुद्धको अनुसन्धान जारी छ।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा उजुरी परेको हो।
पलले सरकारी वकीललाई ‘शारीरिक सम्बन्ध नराखेको र उनको कोठामा गुड नाइट’ भन्न गएको बताएका छन्।
पलले सरकारी वकीललाई दिएको बयान उद्धृत गर्दै प्रहरी उच्च स्रोत भन्छ, ‘उहाँहरुसँग सुटिङमा क्रममा त्यहाँ भेट भएको हो। जबरजस्ती गरेको होइन र छैन। कलाकारको हिसाबले म राति गुड नाइट भन्न ढोकासम्म पुगेको हुँ।’
होटलको १०१ नम्बर कोठामा पल र गायिका १०२ नम्बर कोठामा गायिका बसेको श्रोतले जनाएको छ।
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया