
तेजन खड्का
नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका अभिनेता पल शाहले न्यायालयको फैसलाको पर्खाइमा रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीकाे नियन्त्रणमा रहेका पलले न्यायालयले न्याय दिलाउने कुरामा ढुक्क रहेको बताएका हुन्।
नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। बिएलकर्मी पललाई भेट्न गैडाकाेट पुगेको थियो। हिरासतबाट बिएल नेपाली सेवासँग छोटो कुराकानी गर्दै पलले सत्य/तथ्य चाँडै नै बाहिर आउने बताए।
‘म मेरो शुभचिन्तकहरुलाई कति पनि हतोत्साहित नहुन अनुरोध गर्दछु,’ पलले भने,‘दु:ख त अवश्य लागेको होला तपाईंहरुलाई, मेरो नाममा उजुरी परेपछि प्रशासनलाई अनुसन्धानमा सघाउनु मेरो कर्तब्य हो।’
सत्य कहिले झुटो सावित नहुने भन्दै आफूप्रति जनताले देखाएको माया र स्नेहप्रति उनले आभार प्रकट गरे।
उनले चलचित्र ‘म यस्तो गीत गाउँछु २’ दर्शकसँगै हेर्ने इच्छा रहेको बताए। उनले भने,‘नेपालको कानुनलाई सम्मान गर्छु। आशावादी छु सत्यको नै जीत हुन्छ। म चाँडै चलचित्रमा फर्कने छु।’
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया