नेपाल भित्रिने रेमिट्यान्स ४.९ प्रतिशतले घट्यो, सात महिनामा भित्रियो ५ खर्ब ४० अर्ब 

File Photo
File Photo

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा नेपाल भित्रने रेमिट्यान्स ४.९ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा विभिन्न देशबाट ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स १०.९ प्रतिशतले बढेको थियो।

पछिल्लो सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख १०२ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८५.४ प्रतिशतले घटेको थियो।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या बितेको सात महिनामा २६५.९ प्रतिशतले वृद्धि भई १ लाख ५२ हजार ३२५ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७३.१ प्रतिशतले घटेको थियो। 

प्रकाशित मिति: : 2022-03-11 15:21:00

प्रतिकृया दिनुहोस्