वसन्तपुरमा ठड्याइयो चीर, होली सुरु (तस्बिर र भिडियाे)

शनि शाक्य

काठमाडौं

काठमाडौंको वसन्तपुरस्थित हनुमानढाेका दरबारकाे गद्दी बैठकको दक्षिणतर्फ तीन छत्रे होलीको चीर ठड्याएकाे छ।

बिहीबार चीर ठड्याएसँगै देशभर रंगको पर्व फागु (होली) को विधिवत सुरु भएकाे छ।

यस वर्षको होली पर्वको चैत ३ र ४ गते परेको छ। ३ गते हिमाली तथा पहाडी जिल्लामा हाेली मनाइन्छ भने ४ गते तराईमा मनाइन्छ। होलीको दिन सरकारले सार्वजनिक विदा दिइएको छ।

याे पर्व फाल्गुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म अर्थात् आठ दिन मनाइन्छ। अन्तिम दिन चीर ढालिएसँगै पर्व समापन गरिन्छ।

फाल्गुन पूर्णिमाको दिन मनाइने होली यो वर्ष पहाडी क्षेत्रमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रकाशित मिति: : 2022-03-10 09:00:00

प्रतिकृया दिनुहोस्