ज्यापु कल्याण भवनको शिलान्यास

शनि शाक्य

भोलगणेश
Breaknlinks
Breaknlinks

'ललित'  ज्यापुको नामबाट नामाकरण गरिएको ललितपुर नगर क्षेत्र अर्थात पाटन शहरको आदिवासी ४० टोलका ज्यापुहरूको जाति , भाषा , कला , संस्कार , संस्कृति , रीतिरिवाज , रहन सहनको संरक्षण तथा संवर्द्धन गर्दै समाजमा शान्ति सुरक्षाको वातावरण सृजना गर्नुको साथै स्वास्थ्य , शिक्षा , कृषि , औद्योगिक , बौद्धिक बिकास गर्ने तथा ज्यापु जातिको सर्वाङ्गीण हित र कल्याणको निमित्त आवश्यक व्यवस्था गर्न  ज्यापु समाज यल  स्थापना भएको हो । ललितपुर महानगरपालिका वडा नं . ४ भोलगणेश स्थिति रहेको ज्यापु समाज यल वि.स. २०५१ सालमा स्थापना भई आज सम्ममा धेरै सामाजिक , सांस्कृतिक गतिविधिहरू गरिसकेका छन् ।

 

ज्यापु समाज यलको दीर्घकालीन योजनालाई सार्थक बनाउन दक्ष जनशक्ति तयार गरी आर्थिक , सामाजिक रुपमा समुदायलाई सबल बनाउने उद्देश्यले विभिन्न तालिम , प्रशिक्षण , सभा , सम्मेलन , गोष्ठी आदि गर्न ठाउँ अभावका कारण यो ज्यापु कल्याण भवन निर्माण गर्न लागेको हो । जग्गा दाता स्व. चिरिमै महर्जनबाट दान दिएकाे ललितपुर महानगरपालिका वडा न . ११ पलॅध्वाखा , सैयुगणेश स्थित क्षेत्रफल १२ आना जग्गामा करीब ४ करोड लागतमा तयार हुने अन्तराष्ट्रिय स्तरको भवन निर्माण हुनेछ भने निर्माणका लागि ललितपुर महानगरपालिकाबाट रु. ६०,००,००० र  (अक्षरेपी र . साठी लाख मात्र ) आर्थिक सहयोग गर्नुभएको थियो ।

यस कार्यक्रम ज्यापू समाज यलका अध्यक्ष श्री तिथंलाल महर्जनज्यूको सभापतित्वमा ललितपुर महानगरका प्रमुख श्री चिरिबाबु महर्जनज्यूद्वारा ज्यापु कल्याण भवनको शिलान्यास गरे। यस पवित्र कार्यमा नेवाः परम्परा एवं ज्यापु समाज यलको विधि अनुसार ४ण् टोलका धिमय् बाजा सहित ४० वटै टोलको नाममा ' किसली ' (सानो माटाको पाला , चामल , पैसा , गोलो सुपारी , अवीर ) चढाई विधिवत रुपमा पूजा आजा गरी शिलान्यास कार्यक्रम सम्पन्न भयो । 

चार तल्लामा बन्ने ज्यापु कल्याण भवनमा विभिन्न आधुनिक तालिम कक्ष , सभा कक्ष , कार्यालय अफिस कोठाहरू हुनेछन् । यस भवनमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक विभिन्न खालका तालिमहरू दिन , आर्थिक रुपमा सबल बनाउनको निमित्त सेमिनार गोष्ठीहरु गर्ने उद्देश्यले निर्माण हुन लागेको यस कार्यक्रममा उच्च गन्यमान्य व्यक्तित्वहरू , ज्यापु समाज यलका पूर्व अध्यक्षहरू , मानार्थ सदस्य , पदेन सदस्यहरू , टोलका अध्यक्षहरू , टोल प्रतिनिधि , महिला प्रतिनिधिहरुको सहभागीतामा भव्य रुपमा शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

प्रकाशित मिति: : 2022-03-09 17:44:00

प्रतिकृया दिनुहोस्