सिनेटमा बेपत्ता विद्यार्थी रिहाइको माग गर्दै नेत्री रहमानले गरिन् सरकारलाई दमन रोक्न आग्रह

बिएल संवाददाता

इस्लामावाद
Photo: Agency via usip.org
Photo: Agency via usip.org

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)की नेत्री शेरी रहमानले सिनेटमा बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलोच विद्यार्थीहरूप्रति ऐक्यबद्धता जनाउँदै सरकारलाई दमन रोक्न आग्रह गरेकी छिन्।

‘बेपत्ता विद्यार्थी हाफिज बलोचको रिहाइको माग गर्दै राष्ट्रिय प्रेस क्लबबाहिर क्याम्पमा बसेका बलूच विद्यार्थीहरूसँग ऐक्यबद्धता र बलुच विद्यार्थीहरूलाई हुने धम्की अन्त्य गर्न उनीहरूको समस्याको राजनीतिक समाधान चाहिन्छ, दमन होइन,’ उनले ट्वीट गरेकी छिन्।

इस्लामावाद प्रहरी र  बेपत्ता विद्यार्थीहरूको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका बलूच विद्यार्थी बिचमा मंगलबार झडप परेको थियाे।

विद्यार्थीहरूकाअनुसार सादा लुगा लगाएका अधिकारीहरूले उनीहरूको मोबाइल फोन खोसे र विरोध शिविर भत्काइदिका थिए। उनीहरुले विद्यार्थी कार्यकर्ताहरूले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई प्रहरीले अनावश्यक रूपमा हातपात र कुटपिट गरेको दाबी गरेका छन्।

प्रकाशित मिति: : 2022-03-09 08:54:00

प्रतिकृया दिनुहोस्