एमसीसीको विरोधमा नेकपासहित ६ दलकाे खुलामञ्चमा जनसभा (तस्विरहरू)

शनि शाक्य

काठमाडौं

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज (शुक्रबार) राजधानीकाे खुलामञ्चमा जनसभा गर्दै छन्।

गत आइतबार संसदबाट एमसीसी अनुमाेदन भएपछि चरणवद्ध आन्दाेलनकाे कार्यक्रम घाेषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा गर्न लागेका हुन्।

नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी शीर्ष नेताहरू जनसभामा सहभागी छन्।

तस्विरहरू:

प्रकाशित मिति: : 2022-03-04 14:42:00

प्रतिकृया दिनुहोस्