दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण उच्च

दक्षिण कोरियामा गत  २४ घण्टामा थप  २ लाख ६६ हजार ८५३ जनामा  कोरोना सङ्क्रमण देखा परेको छ।यसपश्चात  कुल सङ्क्रमितको सङ्ख्या ३९ लाख ५८ हजार ३२६ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए) को अनुसार यसअघिका दिनको एक लाख ९८ हजार ८०३ जनामा कोरोना सङ्क्रमण भएको थियो। ओमिक्रोन भेरियन्टको सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ।  

कोरियामा ५९ हजार २६९ जनामा कोरोना सङ्क्रमण भएको थियो। ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ सङ्क्रमितको संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ रहेका छन्।  गम्भीर अवस्थामा रहेका सङ्क्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ पुगेको छ। 

कोरोना सङ्क्रमणको कारण थप १८६ मृत्यु भएको पुष्टि भएको छ। यसैसँगै कोरोनाको कारण मृत्यु भएका कूल मृतकको संख्या  ८ हजार ५८० पुगेको छ। कुल मृत्यु दर ०.२२ प्रतिशत रहेको समाचारमा जनाइएको छ।

देशले कुल जनसंख्याको ८७.४ प्रतिशतलाई कोभिड–१९ खोप लगाएका छन्।  पूर्ण रूपमा खोप लगाएका मानिसहरु चार करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन्।  

प्रकाशित मिति: : 2022-03-04 13:39:00

प्रतिकृया दिनुहोस्