रुसी हमलामा १३६ सर्वसाधारण मारिएः राष्ट्रसंघ

File photo
File photo

बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ। मारिनेमा १३ बालबालिका पनि छन्, सो हमलामा ४०० जना घाइते भएका छन्।  

राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्यो भन्दा बढी हुने बताएका छन्। भारी तोपको गोलाबारी, हवाई हमला र बिस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए।

तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्लेख छ। 

प्रकाशित मिति: : 2022-03-02 12:52:00

प्रतिकृया दिनुहोस्