
बिएल संवाददाता
गायक दुर्गेश थापाले एक नाबालिकामाथि अभिनेता पल शाहले गरेकाे शाेषण देखेर चुप बस्न नसकेपछि न्यायकाे लडाइँमा उत्रिएकाे बताएका छन्। उनले अप्ठ्याराेमा परेकी बहिनी समानकी चेलीलाई साथ दिएकाे, त्यसमा कुनै स्वार्थ नरहेकाे मंगलबार सामाजिक सञ्जालमार्फत बताएका हुन्।
‘नाबालिकाले पलकाे शाेषणबाट उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पीडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्,’ दुर्गेशले फेसबुकमा लेखेका छन्,‘मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ।’
पलसँगको सम्बन्ध जोगाउन आफूहरूले एउटा बहिनी समानकी बालिकामाथि भएको अन्यायलाई तिलाञ्जली दिन नसकेर न्यायकाे लागि लड्ने अठाेट गरेकाे उनले बताएका छन्।
दुर्गेशले पीडित नाबालिकाको आरोप गम्भीर रहेकाले त्यो बारे बुझ्न पलसँग बुझ्न खोज्दा उल्टाे फसाउन खाेजेकाे आराेप लगाएका छन्।
हेर्नुहाेस् दुर्गेशले सामाजिक सञ्जालमा लेखेकाे सामाग्री यस्ताे छ:
नाबालिग बालिकालाई ललाई फकाई गरी हेरचाह र ख्याल गरेजस्तो गरेर स्वार्थ पूरा गर्ने काम गरिएको रहेछ। स्वार्थ पूरा भएपछि बेवास्ता गर्न थालियो। निकटको सम्बन्ध विकट बन्यो। बालिका एकोहोरो भइन्। नजिक ठानेको मान्छेबाट धोका पाएपछि विक्षिप्त बनिन्। माया प्रेमको खोल ओढेर आफूमाथि शोषण भएको स्पष्ट रूपमा महसुस गर्न थालिन्। दिनदिनै उनको मानसिक अवस्था कमजोर हुँदै गयो।
बालिकाले धेरै पटक मुद्दा हाल्न कोसिस गरिन अरे, हामी सँगको भेटमा पलका म्यानेजरले त्यही बताएका थिए l मुद्दा हाल्न जाँदा विभिन्न बहाना बनाएर फेरि केश रोक्न लगाइन्थ्यो रे। फेसबुकमा एउटा कुरा बालिकाले पीडामा लेखेर हालिन भने अर्को दिन त्यसलाई सफाइ दिन लगाएको सबैले देख्नु भएकै छ। १/२ महिना मिले जस्तो गर्ने फेरि बालिकालाई वास्ता नगर्ने अनि बालिका रुद्धै हिँड्न पर्ने अवस्था भएछl पीडाले थिचिएकी बालिकाले म्यानेजरसँग कुरा गरे पनि पल सँग मिलेर फकाउन खोजिन्थ्यो रे। पछि बालिकालाई विभिन्न बहानामा गाली गर्ने, बालिकालाई युट्युबमा हालेर तेरो बेइज्जत गर्दिने जस्ता कुराहरू गर्ने र बालिकालाई गाली बेइज्जत गरेर हयारेसमेन्ट गर्ने जस्ता कार्यहरू भएछन।
सहन सकुन्जेल सहिन् र नसकेपछि आफ्ना नजिकका व्यक्तिहरूसँग गुम्सिएको मनका व्यथा सुनाइन्। सुमधुर सम्बन्धबारे सुनाउन जति सजिलो छ त्यो भन्दा कयौँ गुणा गाह्रो छ टुटेको सम्बन्ध र समस्याबारे कुरा गर्न। कलिलो दिमागलाई शायद बिग्रँदो सम्बन्धले झन्झन् कमजोर बनायो। त्यसैले उनी लगभग डिप्रेसनमा पुगिन्। उदाउँदो भविष्य अन्धकार देख्न थालिन्। त्यो अन्धकार भित्रबाट पनि उज्यालोको झिनो आशा बोकेर म लगायत उनले आफ्नो नजिक मानेका व्यक्तिहरूसँग आफ्नो पिडा सुनाइन् र हामीबाट सहयोगको अपेक्षा गरिन्। शायद अभिभावक सोचेर होला किनकि म पल शाह जसले पिडा दियो, ऊसँग पनि उत्तिकै निकट थिएँ। तर, पलले यो विषयलाई गम्भीरतापूर्वक लिएनन्। नाबालिकाको पीडा अलिकति पनि महसुस गर्न सकेनन्/गरेनन् भन्ने हामीलाई लाग्यो। यही क्रममा मैले बालिकाले आफ्नै ज्यान फाल्ने जस्तो कुनै गलत कदम नलिओस् भनेर उसलाई सहयोग गर्ने सोच बनाएँ। जसले हामी बिचको राम्रो सम्बन्धमा झन् झन् दरार आउन थाल्यो।
मैले पीडित बालिकालाई बहिनी सम्झी सहयोग गर्ने अठोट गरेँ। हामीले गरेको छलफलमा बालिकाले आफ्नो पिडा पनि सुनाएकी थिइन्। त्यो क्रममा हामीले उनलाई धेरै सम्झाएका छौ, जुन कुरा सार्वजनिक भएको अडियोबाट हटाइ सुनियोजित बनाएका रहेछन् l अरू नै कसैसँग भएको रकम लेनदेनको कुरा समेत मिसाएर भ्रम पैदा गर्न खोजिएको छ l सार्वजनिक अडियो (पैसा लेनदेन) को छलफलमा म उपस्थित पनि थिएन l अडियोमा पललाई झोला बोकाएर फिर्ता दाङ पठाउँछु भनिएको छ त्यो मेरो आवाज नभै स्वयम पलका म्यानेजर कृष्ण जोशीको हो l त्यसपछि यो विषयमा म कहीँ कतै संलगन नरहेको सबैमा जानकारीका लागि अनुरोध छ l भेटघाट कुनै षडयन्त्र गर्न होइन उनीहरूबीच भएका समस्याको समाधान खोज्नका खातिर मात्र भएको थियो l जुन अडियो सार्वजनिक भयो त्यो करिब करिब ७ महिना पहिलेको हो l
पीडित नाबालिकाको आरोप गम्भीर रहेकाले त्यो बारे बुझ्न पल सँग बुझ्न खोज्दा हामीलाई नै उनले दुस्मन ठाने। पलसँगको सम्बन्ध जोगाउन हामीले एउटा बहिनी समानकी बालिका माथि भएको अन्यायलाई तिलाञ्जली दिन सकेनौँ। उनलाई न्यायका लागि लड्न आँट र भरोसा दियौँ। यसलाई उनले आफू विरुद्धको जालझेल सम्झे l प्रहरीमा पलविरुद्ध जाहेरी परेपछि लगभग ७ महिना पुरानो अडियो लाई सार्वजनिक गर्दै पब्लिक सेन्टिमेन्ट जित्ने अस्त्र बनाइयो। जसले त्यी नाबालिकालाई न्यायको खोजी गर्नुपर्छ भन्नेहरूको पत्ता साफ गर्ने आशय राखियो। आफूविरुद्ध रहेका म्यानेजर कृष्ण जोशीलाई विभिन्न प्रलोभनमा पारेर हाम्रो विरुद्धमा बोल्न लगाइयो। जबकी केही महिना अगाडि पलले आफ्नो म्यानेजरलाई हटाएका थिए l सायद यसरी अस्त्रको रूपमा प्रयोग गर्न पाइन्छ भनेर होला उनैलाई पुन: म्यानेजर बनाएर काममा राखियो l तपाईँहरू आफै बुद्धिजीवी हुनुहुन्छ आफै बुझ्नुहोला किन त्यसो गरिएको रहेछ भनेर !
ज्यान समेत लिने योजना बनाएको कपोलकल्पित कथा बुनेर मिडियामा उसलाई सार्वजनिक गराइयो। यस्ता विभिन्न हतकण्ड अपनाएर प्रहरीले छानबिन गर्नुपर्ने विषयलाई सामाजिक सञ्जालमा गिजोल्नुसम्म गिजोलियो। पीडितको पक्षमा रहेका हामीलाई फसाई आफू उम्कन अनेक योजना बुनियो। हामी न्यायको पक्षमा छौँ। जसको छानबिन प्रहरीले गर्नेछ र अदालतले अवश्य न्यायको पक्षमा अन्तिम निर्णय सुनाउनेछ भन्ने अपेक्षा मा बसेका छौ l हामीले हाम्रो तर्फबाट कानुनलाई सघाउनुपर्ने हरेक ठाउँमा जिम्मेवार नागरिकको हैसियतमा सघाउन तत्पर छौँ l तपाईहरूले दिएको तालि र गाली सबै स्वीकार्य छ l
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया