म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो १२ जनाको मृत्यु

File photo
File photo

म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका स्थानीय प्रहरीले मंगलबार बताएको छ।हिजो राति गएको पहिरोमा परी करिब ४० वटा जेड स्क्याभेन्जरहरू पुरिएका प्रहरीले जानकारी दिएको छ।

आज बिहान १२ वटा शव फेला परेका छन् र उद्धारकार्य जारी रहेको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ। काचिन राज्यको हपाकान्त टाउनसिपको माट लिन चाउङ गाउँको पुरानो जेड खानी स्थलमा राती २२ः३५ बजे गएको पहिरोमा मृत्यु हुनेको संख्या बढ्न सक्ने स्थानीय एक स्थानीयवासीले बताएका छन्।

काचिन राज्यमा, विशेष गरी हपाकान्त खानी क्षेत्रमा प्रायः घातक पहिरोह गइरेहको पाइन्छ। धेरै स्थानीयहरूले यस क्षेत्रमा जेड स्याभेजिङ गरेर आफ्नो जीवन निर्वाह गर्छन्। जुलाई २०२० हपाकान्त टाउनशिपमा एक जेड खानी साइटमा ठूलो गएको घातक पहिरोमा परी १७४ को मृत्यु हुनुको साथै अन्य ५४ घाइते भएका थिए। 

प्रकाशित मिति: : 2022-03-01 14:16:00

प्रतिकृया दिनुहोस्