शनिबार, १२ जुलाई २०२५

सुर्खेत: एमाले, कांग्रेस र माओवादीको पार्टी कार्यालयमा आगजनी

बिएल संवाददाता

बिएल संवाददाता

सुर्खेत
2022-02-28 20:21:00
News Image
• • •

सुर्खेतमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पार्टी कार्यलयमा आगजनी गरिएको छ। 

सोमबार साँझ एमाले पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको हो।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलले गरेको बन्द सुर्खेतमा आगजनी र तोडफोड भएको जनाइएको छ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन्।
त्यस्तै उनीहरुले नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड गरेका छन्। 

प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ। प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?