रूससँग भिड्न ​​​​​​​बन्दुक बोकेर सडकमा निस्किए युक्रेनीहरू

बिएल संवाददाता

किभ, युक्रेन
REUTERS / EPA / GETTY IMAGES

युक्रेनमा रूसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा सङ्घर्ष जारी रहेको बताएको छ।

रूसी सैनिकहरू राजधानी किभनजिकै आइपुग्दा विभिन्न ठाउँबाट विस्फोटनका विवरणहरू प्राप्त भएका छन्। केही आवासीय क्षेत्रहरू पनि आक्रमणमा परेका छन्।


लडाइँ चर्किएको छ, सुरक्षित ठाउँमा भागिरहेका छाैँ 


राजधानीतर्फ केन्द्रित हुँदै गरेका रूसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ। युक्रेनी राष्ट्रपतिले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गरेको बीबीसीले जनाएकाे छ।

उनी आफैँ किभका सडकमा देखा परेका छन्। उनले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन्। युक्रेनले सम्भावित सबै उपाय अवलम्बन गरेर रूसी सैनिकहरूको प्रतिकार जसरी सकिन्छ त्यसरी गर्न किभवासीलाई आग्रह गरेको छ।


रूसद्वारा युक्रेनमाथि क्षेप्यास्त्र प्रहार, कतै सङ्घर्ष कतै भागाभाग


राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रूससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन्। त्यस्तो अफवाहलाई निस्तेज पार्न उनी किएभका सडकमा आफैँ गएर त्यो सन्देश दिएका हुन्।


नेपाली विद्यार्थी बाटाेमै अलपत्र, ४० घण्टादेखि भाेकै हिँडिरहेका छाैँ

प्रकाशित मिति: : 2022-02-26 17:50:00

प्रतिकृया दिनुहोस्