किभ ९६ घन्टामा ढल्न सक्ने अमेरिकी आँकलन

File photo
File photo

युक्रेनको राजधानी किभमा शुक्रबार बिहानदेखि गोलाबारी र बम हमला भइरहेको छ। बिस्फोट र आगोले राजधानीको आकाश बादलको मुस्लोले ढाकेको छ। एउटा मिसाइललाई देशको रक्षा प्राणालीले बिफल पारिदिएको बताएको छ।

तर, अर्कोले मिसाइलले आवासीय भवनमा क्षति भएको छ। युक्रेनी सेनाले रुसी एसयु–२७ जेटलाई राजधानी किभमा एउटा मिसाइल प्रहार गरेर खसालिदिएको जनाइएको छ। किभ ९६ घन्टामा ढल्ने र एक सातामा सरकार भत्किने अमेरिकी सुरक्षा अधिकारीहरुले आँकलन गरेका छन्। 

रुसी फौजले चेर्नोबायल आणविक भट्टीलाई  नियन्त्रणमा लिएको छ। भट्टी वरपर रुसी ट्यांक परिचालन गरिएका छन्। यसैबीच नेटोको सदस्य टर्कीले आफ्नो एउटा जहाज ओडेसानजिक आक्रमणमा परेको जनाएको छ। रुसले राजधानी किभमा बम प्रहार गर्न सक्ने सरकारको चेतावनीपछि सहरका मानिसहरु वासिन्दा ज्यान जोगाउन आश्रयतर्फ भागिरहेका छन्। 
 
 

प्रकाशित मिति: : 2022-02-25 13:15:00

प्रतिकृया दिनुहोस्