चीन र रुसका विदेशमन्त्री फोनवार्ता

File photo
File photo

चीनका विदेशमन्त्री वाङ यी र रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभबीच फोनमा वार्ता भएको समाचारमा जनाइएको छ। उनीहरुका बीचमा बिहीबार फोनवार्ता भएको हाे। बिहीबार नै रुसले युक्रेनमा सैन्य हमला थालेको थियाे।

त्यसपछि बिहीबार राति उनीहरुका बीचमा फोनवार्ता भएको समाचारमा जनाइएको छ। सो फोनवार्ताका क्रममा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनमा रुसले गरेको हमलाको बारेमा जानकारी गराए।

रुसले बिहीबारदेखि युक्रेनमा सैन्य हमला गरिरहेको छ। युक्रेनका कैयौँ सहरमा रुसको सेनाले हलाई हमला गरिरहेका बताइएको छ । सो फोनवार्ता खासगरी युक्रेनमाथिको हमला र त्यसका कारण विश्वमा उत्पन्न भएको राजनीतिक तरंगका विषयमा केन्द्रित रहेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: : 2022-02-25 12:53:00

प्रतिकृया दिनुहोस्