तस्विरमा हेर्नुस् रूसको सैन्य आक्रमण, दर्जनाैं युक्रेनी सैनिकको मृत्यु

बिएल संवाददाता

किभ, युक्रेन
Getty Images / euronews/ AP

रूसले युक्रेनमाथि सैन्य आक्रमण शुरू गरेको छ। युक्रेनको राजधानी किभमा विस्फोट हुन थालेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाही गर्न आदेश दिएसँगै रूसी सेनाले आक्रमण शुरू गरेको छ।

युक्रेनको राष्ट्रपतिको कार्यालयले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई उपलब्ध गराएको फोटोमा बम विस्फोटपछि ज्वाला निस्किएको देखिएको छ। युक्रेनको राजधानी किइभमा आक्रमण भएको छ।

रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ। किभ शहरसहित युक्रेनमा मुख्य शहरहरूमा विस्फोटहरू भएको सुनिएको छ। यहाँका थुप्रै बासिन्दाहरू शहर छोडेर भागिरहेका विवरण आएका छन्।

युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको जनाएको छ। तर रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ।

तस्विरमा हेर्नुस् युक्रेनमाथि रूसको सैन्य आक्रमण–

प्रकाशित मिति: : 2022-02-25 02:55:00

प्रतिकृया दिनुहोस्