'पुटिनले रक्तपात र विनाशको बाटो रोजे, गठबन्धनले निर्णायक जवाफ दिन्छ'

file photo
file photo

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमा रुसले गरेको हमलाको निन्दा गर्दै बेलायत र उसको गठबन्धनले निर्णायक जबाफ दिने चेतावनी दिएका छन्।

प्रधानमन्त्री जोन्सनले युक्रेनमा भएको भयावह घटनाहरूबाट आफू स्तब्ध भएको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विनाशको बाटो रोजेको आरोप लगाएका छन्।

उनले अगाडि भने, ‘ युक्रेनमा बिना कारण आक्रमण गरेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्तपात र विनाशको बाटो रोजे।’

रुसलाई कसरी जबाफ दिने भन्ने बारेमा युक्रेनका राष्ट्रपतिसँग छलफल गरेको उनले बताए। बेलायत र उसको गठबन्धनले उचित कदम चाल्ने उनले चेतावनी दिए।

प्रकाशित मिति: : 2022-02-24 11:15:00

प्रतिकृया दिनुहोस्