पार्टी बैठकको निर्णय ‘स्किप’ गरेको माओवादीले सरकार छाड्ला ?

रातोपाटी

राजकुमार सिग्देल

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र अन्तरविरोध चर्किएको छ। आफू सम्मिलित सरकारले संसदमा एमसीसी सम्झौता टेबल गर्ने, पार्टी तहबाट प्रस्ट धारणा नआउने अनि भ्रातृ संगठनले सडकमा एमसीसीको विरोध गरिरहने परिपाटीले एमसीसीबारे माओवादी केन्द्रको दृष्टिकोण के हो भन्नेमा पनि अन्योल बढाएको जानकारहरु बताउँछन्।

 

फागुन ४ गते बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटिकन एमसीसी अघि बढाउन नहुने निष्कर्ष निकाल्दै जबरजस्ती अघि बढाइए सरकारबाटै बाहिरिने निर्णय गरेको थियो।

प्रकाशित मिति: : 2022-02-21 18:41:00

प्रतिकृया दिनुहोस्