सेनाको लडाकु जेट विद्यालयमा ठोकियो, तीन जनाको मृत्यु  

इरानको सेनाको एउटा लडाकु जेट देशको उत्तरपश्चिम सहर तबरिजमा दुर्घटनाग्रस्त भएको छ।

एउटा आवासीय क्षेत्रमा भएको सो दुर्घटनामा दुई चालका दलका सदस्यहरुसहित तीन जनाको मृत्यु भएको त्यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ।

स्थानीय रेड क्रिसेन्टका प्रमुखका अनुसार सो जेट एउटा विद्यालयमा ठोकिएको थियो। दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना सोही क्षेत्रका स्थानीय रहेको जनाइएको छ। दुर्घटनाबारे छानविन भइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ। 
 

प्रकाशित मिति: : 2022-02-21 13:30:00

प्रतिकृया दिनुहोस्