सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

file photo
file photo

सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा  कारोबार भएको थियो।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ।

आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ।

प्रकाशित मिति: : 2022-02-21 11:36:00

प्रतिकृया दिनुहोस्