चीनमा स्थानीय स्तरमै देखिएका कोभिड संक्रमितको संख्यामा बृद्धि

file photo
file photo

 

चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका संक्रमितहरुको संख्यामा शनिबार बृद्धि भएको हो।
 
चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीमा यहाँ शनिबार १०१ जना संक्रमित देखिएका छन् । ती संक्रमितमरु यहाँको स्थानीय स्तरमै देखिएका संक्रमितहरु हप्राप्त समाचारमा ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन्। यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो।अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमित उपचाररत छन्। ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ।त्यसैगरी चीनमा शनिबार मात्र विभिन्न देशबाट गरी थप ९४ जना कोरोना संक्रमित भेटिएका छन्।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैनचीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

 

प्रकाशित मिति: : 2022-02-20 14:38:00

प्रतिकृया दिनुहोस्