पीएसजीले बेहोर्‍याे सिजनको दोस्रो हार

Getty Images

फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेनले जारी लिग वानमा दोस्रो हार बेहोरेको छ। शनिबार राति भएको खेलमा भ्रमणकारी टोली पीएसजी एफसी नान्टेससंग ३-१ अन्तरले पराजित भएको छ।

घरेलु मैदानमा नान्टेसले स्टार खेलाडी नेयमार, केलीयन एम्बाप्पे र लियोनल मेस्सीलाई रोक्दै जित सहित पाचौं स्थानमा उक्लिएको हो। उसको जितमा रन्डाल कोलो मुअनी कुइन्टिन मार्लीन र लुडोभिक ब्लासले एक एक गोल गरे। पीएसजीका नेयमारले सान्त्वना गोल फर्काए। 

५९ औं मिनेटमा नेयमारले पेनाल्टी सदुपयोग गर्न नसक्दा पीएसजी थप दबाबमा परेको थियो। हारपछी २५ खेलबाट ५९ अंक बनाएको पीएसजी शीर्ष स्थानमा कायम छ। समान खेलबाट ३८ अंक बनाएको छ।

प्रकाशित मिति: : 2022-02-20 07:00:00

प्रतिकृया दिनुहोस्