विश्वराम र मनिषा पहिलो

File photo
File photo

जेसिस मावि भक्तपुरका विश्वराम कुँवर र बिजेश्वरी ज्ञान मन्दिर काठमाडौंकी मनिषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा पहिलो भएका छन्।

राष्ट्रिय खेलकुद परिषद् ९राखेप०द्वारा शनिवार आयोजित दौडको छात्र पाँच किलोमिटर दुरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे। पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए।

छात्राको तीन किलोमिटर दुरी मनिषाले १५ मिनेट १५.८ सेकेन्डमा सकिन्। दोश्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु छन्। दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, सात हजार, पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाए।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा. दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

त्यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए। ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा दुई सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन्। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो।
 

प्रकाशित मिति: : 2022-02-19 16:02:00

प्रतिकृया दिनुहोस्