युक्रेन सङ्कट: समुद्रमा सेना, अघि बढ्दै फौज

GETTY IMAGES

रूसले युक्रेनको सीमाबाट आफ्ना सेना फर्काउन थालेको दाबी 'मिथ्या' भएको एक वरिष्ठ अमेरिकी अधिकारीले आरोप लगाएका छन्। ती अधिकारीले हालैका दिनमा रूसले थप ७,००० सैनिक त्यहाँ तैनाथ गरेको र 'कुनै पनि बेला मिथ्या अवस्था' देखाएर आक्रमण गर्न सक्ने बताएका छन्।

आक्रमणको योजना रहेको विषय अस्वीकार रूसले भने सीमामा सैन्य अभ्यास सकिएको र सैनिकहरू फिर्ता गर्न थालेको दाबी गरेको बीबीसीले जनाएकाे छ। तर पश्चिमा अधिकारीहरूले यसबारे कुनै प्रमाण नदेखेको बताएका छन्।

आक्रमणका लागि आवश्यक मुख्य-मुख्य सहायता इकाईहरू पछिल्ला दिनहरूमा कम्ब्याट फौजसहित अघि बढिरहेको बताइएको छ। यसमा बख्तरबन्द मर्मत गर्ने वर्कसप, माटो पन्छाउने उपकरण र केही स्थानमा रगतको आपूर्ति सहितका अस्पतालहरू रहेको ठानिएको छ।

केही विश्लेषकहरूले मानिसहरूको चहलपहल र अस्पतालहरूको उपस्थिति आक्रमणको तयारीको सङ्केत भएको बताएका छन्। आक्रमणको लागि यस्तो सहायता इकाईहरू सबै क्षेत्रमा उपलब्ध भए वा नभएको स्पष्ट हुन सकेको छैन। 

रूसका विभिन्न स्थानबाट आएका ३५,००० फौजहरू युक्रेनको सीमामा स्थायी इकाईको रूपमै तैनाथ भएका छन्। केही नयाँ सैन्य इकाईहरू रूसको सुदूरपूर्वबाट करिब ४,००० माइल यात्रा गरेर युक्रेनको सीमा नजिक आएका छन्।

रूसले आन्ध्रदेखि प्रशान्त महासागरसम्म विश्वभरि आफ्नो नौसेनाको अभ्यास गरिरहेको छ। यो महिना सुरू भएको उक्त अभ्यास फेब्रूअरीभरि जारी रहनेछ जसमा–

– १४० पानीजहाज र तिनलाई आधार दिने अन्य डुङ्गाहरू,

– ६० विमान र

– १०,००० अधिकारीहरू समाविष्ट छन्।

युद्धमा प्रयोग हुने मुख्य बख्तरबन्द राख्न सक्ने रूसी नौसेनाका छ वटा पानीजहाज, सेना अनि सैन्य क्षमता भएका गाडीहरू इङ्ग्लिस च्यानल पार गर्दै अभ्यासका लागि भूमध्य सागरतर्फ जाँदै छन्। तर मृतसागर र युक्रेनको तट पनि उनीहरूको लक्षित गन्तव्य हुन सक्ने वा नसक्ने विषय भने अस्पष्ट छ।

प्रकाशित मिति: : 2022-02-18 06:36:00

प्रतिकृया दिनुहोस्