यसकारण माैलाउनुपर्छ नेपालवाद

आयोमेल

टुलराज बस्याल

लामो समयदेखि देशको राजनीतिक तह गैरजिम्मेवार बन्दा शासन सन्चालनका विभिन्न तहमा नीतिगत, कानुनी, प्रशासनिक, प्रकृयागत र प्रणालीगत अनियमितता, भ्रष्टाचार माैलाएकाे छ। यसले देशको विकासको गति र अवस्था नाजुक बनेकाे छ।

सदीयौँदेखि गरिबी, पछौटेपन, बेरोजगारी, व्यापार घाटा, परनिर्भरता आदि नेपालका विशेषता र नियति बन्दै आएका छन्। आफ्नो र परिवारजनको रोजीरोटी र न्यूनतम आधारभूत आवश्यकताको परिपूर्तिका लागि अत्यन्त न्यून पारिश्रमिकमा लाखौँ युवा विदेशका जङ्गल, मरुभूमि र असाध्य गर्मीमा रगत पसिना बगाइरहेका छन्। यस प्रवृत्तिमा सुधार आउनुको सट्टा स्थिति झन् विकराल बनेकाे छ। यसले नेतृत्व वर्गको इमानदारी र क्षमतामा जनताको विश्वास पूर्णरुपमा हटिसकेको पुष्टि हुन्छ।

त्यसैले, हाम्रो पुस्ताका सामु एउटा यक्ष प्रश्न टड्कारो रुपमा अगाडि आएको छ-शासन सन्चालनको यही कुरुप दृष्यको निसहाय भई टुलुटुलु साक्षी बनिरहने कि जनतालाई एकजुट गर्दै संगठित र सशक्त आवाज मुखरित गर्ने।

प्रकाशित मिति: : 2022-02-14 17:40:00

प्रतिकृया दिनुहोस्