क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले शुक्रबार सबै प्रदर्शनकारीहरूलाई घर जान आग्रह गर्दै, सबै कुरा वार्ताको टेबलमा छू भनेका छन्।
यो गैरकानूनी गतिविधि समाप्त हुनुपर्छ, र यो अन्त्य हुनेछ, ट्रूडोले भने हामी आशा गर्छौं कि यी मानिसहरूले घर जाने निर्णय गर्नेछन्। अन्यथा, त्यहाँ सुरक्षा व्यवस्था थप कडा पारिनेछ। ओटावा, विन्डसर र अन्य ठाउँमा भएको नाकाबन्दीका पछाडि प्रदर्शनकारीहरू विरुद्ध कारबाही गर्ने प्रहरी र सबै तहका सरकारको तयारी भइरहेको ट्रुडोले बताएका छन्।
संघीय, प्रान्तीय र नगरपालिकाका अधिकारीहरू हालैका दिनहरूमा स्पष्ट छन्स् नाकाबन्दी र काफिलेका गतिविधिहरूप्रति। ती अवैधू र गैरकानूनीू गतिविधि अन्त्य हुनुपर्छ, उनले थपे।उनले भने संघीय सरकारले अर्थतन्त्रलाई बन्धक बनाउनेू र राष्ट्रको राजधानीमा जीवनलाई ठप्प पार्ने कार्यकर्ताहरूलाई अब सहने छैन।