शक्तिराष्ट्रहरूकाे स्वार्थभित्र रुपलिएको युक्रेन तनाव

राज राेकाया

नयाँ दिल्ली

पहिलो र दोस्रो विश्वयुद्धको भयावहताले लाखौं निर्दोष मानिसहरू अकालमै मारिए। युद्धले लाखौं बालबालिका, महिला र जेष्ठ नागरिकहरू चरम गरिबी, भोकमरी र अनेकौं आतंकसँगै बाँचे। यी दुई विश्वयुद्धको बर्बता भोगेपछि विश्वका शक्तिशाली देशहरू मिलेर एउटा अन्तर्राष्ट्रिय मञ्च संयुक्त राष्ट्रसंघको गठन गरियो।

सन् १९४५ अक्टुबर २४ मा राष्ट्रसंघको स्थापित भएको थियो। दोस्रो विश्वयुद्धपछि राष्ट्रसंघले विश्वव्यापी तनाव कम गर्न निकै महत्वपूर्ण भूमिका खेलेको पनि छ। तर पछिल्लो समय संयुक्त राष्ट्रसंघजस्तो साझा संस्था अमेरिका, रुस, चीनजस्ता सैन्य शक्तिको मुठ्ठीमा छ।

रुस र युक्रेनबीच दिनदिनै तनाब बढिरहेको छ। दुई देशबीचको तनावका कारण यूरोपली चिन्तित र त्रसित छन्। रुस–युक्रेनबीचको मनमुटाबले आकार लिँदै गएको खण्डमा यूरोप जंगलको आगो जसरी युद्धको भुमरीमा फस्नेछ।

दोस्रो विश्वयुद्ध सकिएको धेरै समयपछि पहिलोपटक दुई देशबीचको तानातानीले खराबको संकेत गरेको विश्लेषकहरू बताउँछन्। स्रोतका अनुसार एक लाख रुसी सेना युक्रेनको सीमाक्षेत्रमा ट्याङ्क र तोपखानासहित उभिएको बताइएको छ।

अमेरिकी स्रोतका अनुसार सन् २०२२ जनवरीको अन्त्यसम्ममा रुसी सेनामा सैनिकको संख्या १ लाख ७५ हजार पुग्ने अनुमान गरिएको थियो। अनिश्चितता र छिमेकीले आक्रमण गर्ने डरै–डरका बीच युक्रेनले रुसको अर्को कदमलाई सावधानीपूर्वक पर्खिरहेको छ।

अमेरिकाले युक्रेनलाई बारम्बार आश्वस्त पार्न खोजिरहेको बताइन्छ। युक्रेनको अत्यन्त तनावपूर्ण वातावरणमा रुस र अमेरिका आमनेसामने हुने सम्भावना पनि देखिएको छ। रूस र अमेरिकाबीचको सम्बन्ध शीतयुद्धपछि सबैभन्दा खराब चरणमा छ।

युक्रेनी सीमामा रुसी सेनाको तैनाथीले तनाव झनै उचाइमा पुगेको छ। हालै अमेरिकी र रुसी राष्ट्रपतिबीचको भिडियो कुराकानीमा जो बाइडेनले भ्लादिमिर पुटिनलाई कडा सन्देश दिँदै भनेका छन्, ‘यदि रुसले युक्रेनमा हमला गरे अमेरिकाले त्यसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने छ।’ 

प्रकाशित मिति: : 2022-02-12 05:12:00

प्रतिकृया दिनुहोस्