ट्रक चालकको प्रदर्शनले ओटावाको जनजीवन अस्तव्यस्त (फाेटाे फिचर)

Photo Agencies

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रक चालकहरुको प्रदर्शनले राजधानी ओटावाको जनजीवन कस्टकर भएको बताउँदै प्रदर्शन बन्द गर्न आह्वान गरेका छन्। 

केही प्रदर्शनकारीको व्यवहारले क्यानडेली जनता ‘दुःखित र प्रष्ट रुपमा अपमानित भएको’ बताएका छन्। प्रदर्शनकारी तोडफोड र जातीय दुर्व्यवहारमा उत्रिएको विवरण सार्वजनिक भइरहेका बेला प्रधानमन्त्रीको आह्वान आएको हो।

सरकारले ल्याएको कोभिड खोप प्रावधानको विरोधमा ट्रक चालकहरुले विरोध गर्दै आएका छन्। चालकहरुले ट्रक तेर्साउदा ओटावाको जनजीवन अस्तव्यस्त बनेको छ भने राजधानीमा आपतकाल घोषणा गरिएको छ।  

करिब दुई सातादेखि सडकमा जथाभावी राखिएका ट्रकहरुका कारण जनजीवन अस्तव्यबस्त हुनुका साथै स्थानीय व्यापार ठप्प छ। चालकहरुले निरन्तर हर्न बजाउदा स्थानीय मानिस क्रुद्ध बनेका छन्।

प्रकाशित मिति: : 2022-02-09 08:12:00

प्रतिकृया दिनुहोस्