राजाका जग्गा प्रजालाई बिक्री/बन्धकी

हिमाल खबर

महेशराज पन्त
गोरखाको पोखरीथोकमा रहेको राजा पृथ्वीपति शाहको शालिक। तस्वीर: बिल्डर-अस-नेपालडटडे
गोरखाको पोखरीथोकमा रहेको राजा पृथ्वीपति शाहको शालिक। तस्वीर: बिल्डर-अस-नेपालडटडे

प्राचीन कालमा राजाप्रजा दुवैका निजी जमीन हुने गरेको र गर्जाे टार्नुपर्दा राजाहरूले तिनै जमीन प्रजालाई बिक्री वा बन्धकी राख्ने गरेको ऐतिहासिक लिखतहरूले देखाउँछन्।

निश्चित भूभागमाथि आधिपत्य भएको मान्छे नै राजा कहलाउने चलन प्राचीन कालदेखि छ। यसैले होला, इङ्ल्यान्डको कानूनका नामी ऐतिहासिक फ्रेड्रिक विलियम मैट्ल्यान्ड (विसं १९०७-१९६१) ले ‘सबै जग्गाजमीन राजाको अधिकारमा हुन्छ, खनजोत गर्ने अधिकार भएको मान्छे त मोही हो’ भन्ने निष्कर्ष निकालेको (द कन्स्टिट्युशनल् हिस्टोरि अफ् इङ्ल्यान्ड्, केम्ब्रिज, सन् १९११, २४ पृ.)। यो त इङ्ल्यान्डको कुरा भयो। संस्कृतभाषामा राजा बुझाउनेमध्ये धेरै शब्द भूमिसँग सम्बद्ध हुनाले हाम्रा तिर पनि राजा र भूमिको अन्योन्याश्रित सम्बन्ध भएको स्पष्ट छ।

प्रकाशित मिति: : 2022-02-08 07:05:00

प्रतिकृया दिनुहोस्