शनिबार, १२ जुलाई २०२५

नरेश भण्डारीद्वारा कर्णाली प्रदेशसभामा पहिलो गैरसरकारी विधेयक टेबुल

बिएल संवाददाता

बिएल संवाददाता

कर्णाली प्रदेश
2022-02-07 21:42:00
File photo
• • •

कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले गैरसरकारी विधेयक 'सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८' प्रदेशसभासमक्ष टेबुल गरराएका छन्।

सभामुख राजबहादुर शाहीले सोमबार विधेयक सभामा टेबुल गर्न समय दिएसँगै प्रदेशसभा सदस्य भण्डारीले विधेयक टेबुल गराएका हुन्। उनले विधेयक गत असोज १० गते कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए। भण्डारीले टेबुल गराएको विधेयक प्रदेश सभाको इतिहासमा पहिलो हो।

'विधेयक पारित भएपछि सभ्यताको उद्गमस्थल जुम्ला सिंंजा क्षेत्र र सभ्यतासँग सम्बन्धित कर्णाली प्रदेशका अन्य भूभागको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक तथा भाषाको संरक्षण हुनेछ,' सांसद भण्डारीले भने, 'यीनको संरक्षणले प्रवर्द्धन गरी नागरिकको आर्थिक समृद्धि र खुशी हाँसिल गर्न सहयोग पुग्नेछ।'

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?