‘अहिलेको संघीयता ठगी खाने भाँडोजस्तै छ’

रातोपाटी

काठमाडौँ

प्रदेशसभाको चार वर्ष कसरी बित्यो ? सभामुखको नाताले कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

खासगरी हाम्रो सदनको काम भनेकै विधेयक, कानुन बनाउनु, हो। सरकारले विकास निर्माण लगायतका काम गर्छ। हामीले विगत चार वर्षमा सबै कानुन सर्वसम्मत रुपमै बनायौं। हाउसमा कसैका बारेमा कुनै पनि किसिमको गाली गलौज र आलोचना भएन। हाउसमा तोडफोड पनि हुन दिएनौँ। सदनको गरिमा कायम राख्यौँ।

देशको अवस्था चार वर्षमा धेरै बदलियो। दलहरु पनि टुटफुट भए। यसको असर यहाँ पनि प¥यो। कुनै पनि दलका नेतासँग विभेद नगरी नियमसंगत सबै दललाई समान रुपमा लिई काम कारवाही गर्दै आएका छौँ। यस बीचमा करिब ५० वटा विधेयक बनाउन सफल भयौं। अहिले प्रदेशको नामकरण र स्थायी राजधानी तोक्न पनि सफल भयौँ। यो नै अहिलेसम्मको मुख्य उपलब्धिको रुपमा लिएको छु।

प्रकाशित मिति: : 2022-02-07 16:00:00

प्रतिकृया दिनुहोस्