इँटामा क्षति

File Photo
File Photo

पटक–पटकको बर्सातले  गर्दा दाङमा  करोडौँको इँटामा  क्षति भएको छ। दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो।

समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले  हाम्रो इँटामा निकै क्षति पुयायो,' उनले  भने, 'अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ।' पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट  हुने गरेको उनको भनाइ छ।यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उनको भनाइ छ। जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन्। यस  वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग  बन्द हुने अवस्था आएको समेत उनको भनाइ छ। यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो। १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३  नं इँटाको रु १० तोकिएको थियो। प्रत्येक इँटामा रु एक वृद्धि गरिएको छ। राज्यले  बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताए।।  

प्रकाशित मिति: : 2022-02-04 17:14:00

प्रतिकृया दिनुहोस्