चीन र रसियाका राष्ट्रपतिबीच भेटवार्ता, चीनलाई १० अर्ब क्युबिक मिटर ग्यास दिने

File photo
File photo

मस्को र  रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटावार्ता भएको छ। बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति सीबीच शुक्रबार भेटवार्ता भएको हो।

रसियाले चीनमा प्राकृतिक ग्याँस आपूर्ति गर्नेलगायतका विषयमा दुई देशबीच सम्झौता हुने कार्यक्रम छ। भेटका अवसरमा रसियाले चीनलाई थप १० अर्ब क्युबिक मिटर प्राकृतिक ग्यास सहयोग गर्ने तयारी गरिरहेको राष्ट्रपति पुटिनले सीलाई बताएका थिए। यसअघि युक्रेन मामिलामा पश्चिमा देश र रसियाबीच तनाव बढिरहेका बेला अमेरिकाले ग्यास पाइपलाईन अवरोध गर्ने चेतावनी दिएको थियो।   
 

प्रकाशित मिति: : 2022-02-04 16:53:00

प्रतिकृया दिनुहोस्